Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कोभिडका कारण वर्ल्डलिंकका निर्देशक जलान र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

    कोभिडका कारण वर्ल्डलिंकका निर्देशक जलान र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ । हिजो १६८ जनाको मृत्यु भएकोमा आज मात्रै २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोभिड संक्रमणका कारण आज नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसायी एशोसिएसनका पूर्व अध्यक्ष एवं नेपाल वैदेशिक रोजगार व्यवसायि संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बिष्णुप्रसाद गैरेको उपचारको क्रममा निधन भएको हो ।



    गैरेको निधनप्रति एशोसिएसनले शोक ब्यक्त गरेको छ । गैरेको निधनले एशोसिएसनलाई मर्माहत र स्तब्ध बनाएको भन्दै गैरेको निधनप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै यस दुःखद घडिमा शोकाकुल परिवार जनहरुलाई भगवान श्री पशुपतिनाथले धर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना सहित हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ ।



    त्यसैगरी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय जलानको पनि कोभिड–१९ संक्रमणका कारण निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा उनको बिहीबार मेडिसिटीमा निधन भएको हो। उनलाई वैशाख १५ मा परीक्षण गर्दा कोरोना देखिएको थियो।

    दुई सात देखि उपचारमा रहेका जलानको ४६ वर्षको उमेरमा निधन भएको हो । संक्रमणछि उपचार गरिरहेका जलानलाई बीचमा सन्चो भएर घर फर्किएका थिए । तर, संक्रमणले पुनः च्यापेपछि मेटिसिटी अस्पतालमा भर्ना भएका थिए। जलान वर्ल्डलिंकका तीन जना संस्थापकमध्ये एक हुन । उनका श्रीमती र एक छोरा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार