Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय मोटरसाइकलले बच्चालाई ठक्कर दिएर फरार रहेका वडाध्यक्ष प्रहरीको फन्दामा

    भारतीय मोटरसाइकलले बच्चालाई ठक्कर दिएर फरार रहेका वडाध्यक्ष प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    सर्लाही। जिल्लाको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् ।

    गत वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए ।



    बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी भाटले बताए ।



    पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार