Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनुषामा एक जना वडाध्यक्षको मृत्यु, कोरोनाको आशंका

    धनुषामा एक जना वडाध्यक्षको मृत्यु, कोरोनाको आशंका

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2K
    SHARES

    जनकपुरधाम । जिल्लाको विहारी नगरपालिकाका एक जना वडाअध्यक्षको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनुषा मिथिला विहारी नगरपालिका -५ का विनोद कुमार मण्डल रहेका छन् । मण्डल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।



    ४५ वर्षिय वडाअध्यक्ष मण्डल विगत ६- ७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा बसेका थिए ।



    स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित चन्द्रकला अस्पतालमा उपचारकै क्रममा मध्यरातमा निधन भएको स्थानीय दिपन ठाकुरले बताए ।

    ठाकुरका अनुसार कोरोनाबाटै वडाध्यक्ष मण्डलको मृत्यु भएको आशंका गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार