Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीद्वारा पुरानै मन्त्रिमण्डललाई निरन्तरता (नामावलीसहित)

    प्रधानमन्त्री ओलीद्वारा पुरानै मन्त्रिमण्डललाई निरन्तरता (नामावलीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् ।

    नेकपा एमालेको माधव नेपाल पक्ष र जसपा नेपालको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरुलाई पुनस् नियुक्त गरेका हुन्।



    नव नियुक्त मन्त्रीहरु सबैले आजै राष्ट्रपति भवन शितलनिवासमा पुगेर पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।



    यस्तो छ पुन:मन्त्री भएकाहरुको नामावली-

    उप्रपधान तथा प्रधानमन्त्री कार्यालय- ईश्वर पोखरेल
    गृह- रामबहादुर थापा
    उर्जा- टोपबहादुर रायमाझी,
    अर्थ- विष्णु पौडेल
    परराष्ट्र- प्रदिप ज्ञवाली
    स्वास्थ्य तथा जनसंख्या- हृदयेश त्रिपाठी,
    उद्योग, बाणिज्य तथा आपूर्ति- लेखराज भट्ट
    शिक्षा- कृष्णगोपाल श्रेष्ठ
    सहरी विकास- प्रभु साह
    पर्यटन- भानभुक्त ढकाल
    खानेपानी- मणिचन्द्र थापा
    कृषि- पद्मा अर्याल
    भौतिक पूर्वाधार तथा यातायात- बसन्त नेम्वाङ
    श्रम, रोजगार- गौरीशंकर चौधरी
    सञ्चार तथा प्रबिधि- पार्वत गुरुङ
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण- शिवमाया तुम्बाहाम्फे
    कानून- लिलानाथ श्रेष्ठ
    संघीय मामिला तथा सामान्य प्रशासन-गणेशसिंह ठगुन्ना
    वन-प्रेमबहादुर आले
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक-जुलीकुमारी महतो
    युवा तथा खेलकुद- दावा लामा तामाङ

    यस्तै,राज्यमन्त्रीहरु:

    स्वास्थ्य तथा जनसंख्या- नवराज राउत
    सहरी विकास- रामवीर मानन्धर
    उद्योग, बाणिज्य तथा आपूर्ति- विमला विक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार