Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाराको कलैयामा २ जना दाजुभाईको घाँटी रेटेर हत्या

    बाराको कलैयामा २ जना दाजुभाईको घाँटी रेटेर हत्या

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    प्रतिकात्मक तस्विर

    बारा। जिल्लाको कलैया उपमहानगरपालिका-७मा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

    स्थानीय गफार मियाँका दुई छोराहरु (९ बर्षीयउसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी)को घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रदेश न २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।



    डीआईजी सिंहका अनुसार हत्या भएका बालकहरुको धारिलो हतियारले घाँटी रेटेर छाडेको अबस्थामा आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र शव फेला परेको हो।



    हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक घर फर्केका थिएनन् । गफार मियाँका दुवैजना छोराको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् भने घटनाबारे थप अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रमुख डीआईजी सिंहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार