Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    नेपालगञ्ज। बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिला, दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–६ की ५२ वर्षीया महिला, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ५४ वर्षीय पुरुष, कैलालीको जोशीपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुष, बर्दियाको मधुवन नगरपालिका–७ का ५७ वर्षीय पुरुष, दाङको लमही नगरपालिका–२ की ६८ वर्षीया महिला र खजुरा गाउँपालिका–२ का ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै बाँकेमा मृत्यु हुनेको संख्या २७३ पुगेको छ ।

    कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।



    त्यस्तै वैशाख २७ गते नै कोरोना संक्रमण पुष्टि भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–६ की ५२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा जेठ ३ गते कोरोना पोजेटिभ देखिएको थियो ।



    त्यस्तै वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ५४ वर्षीय पुरुषको पनि नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान ३ बजे मृत्यु भएको कलेजले जनाएको छ । यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको पनि गएराति १ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    वैशाख २८ गते कोरोना पोजेटिभ देखिएका नेपालगञ्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुषको गएराति १स्१५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै बर्दियाको मधुवन नगरपालिका–७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ३स्३५ बजे भेरी अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी दाङको लमही नगरपालिका–२ की ६८ वर्षीया महिलाको शनिबार बिहान ७ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका बाँकेको खजुरा गाउँपालिका–२ का ५३ वर्षीय पुरुषको शनिबार बिहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार