Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शौचालयको पर्खाल नाघेर अदालतबाट भागेका थुनुवा पक्राउ

    शौचालयको पर्खाल नाघेर अदालतबाट भागेका थुनुवा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 2K
    SHARES

    रामनारायण यादव/ जनकपुरधाम । महोत्तरी जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन् ।

    म्याद थपका लागि जिल्ला अदालतमा लगिएकोमा अदालत परिसरबाट ती थुनुवा आजै दिउँसो भागेका थिए ।



    लागुऔषधका आरोपी गौशाला नगरपालिका वडा नम्वर ४ का २५ वर्षीय कमलेश साहलाई प्रहरीले पुन पक्राउ गर्न सफल भएको छ ।



    इलाका प्रहरी कार्यालय गौशालाका अनुसार साहलाई महोत्तरीको प्रकौली भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

    म्याद थपका लागि जिल्ला अदालत लगिएकोमा साहले शौचालय जाने बहानामा शौचालयको पर्खाल नाघेर भागेको थियो ।

    उनी गत शुक्रबार मात्रै औरही नगरपालिका वडा नम्वर ४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागु औषधसहित पक्राउ परेका थिए ।

    उनीलाई खोजन व्यपाक रुपमा प्रहरी परिचान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार