Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा चीन र भारतपछि अमेरिकासँग पनि कोरोना खोप माग

    राष्ट्रपति भण्डारीद्वारा चीन र भारतपछि अमेरिकासँग पनि कोरोना खोप माग

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । यसअघि भारत र चीनसँग पनि राष्ट्रपति भण्डारीले खोप मागेकी थिइन् ।

    अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति मार्फत सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको राजदूत डा. युवराज खतिवडाले जानकारी दिएका छन् । नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ ।



    विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरुले बताएका छन् ।



    यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए भने भारतबाट कुनै पनि प्रतिक्रिया आएको जानकारी गराइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार