Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जेष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

    जेष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट जेष्ठ नागरिक भत्ता मासिक ४ हजार दिने घोषणा गरेको छ । यस अघि उक्त भत्ता २ हजार मात्र थियो । अध्यादेशमार्फत ल्याएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुने ।

    अर्थमन्त्री पौडेलले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । बजेटको आकार करिब १६ खर्ब रुपैयाँको रहेको छ ।



    त्यसैगरी अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।



    बजेटमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार