Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यस्तो छ सातवटै प्रदेशको बजेट (पूर्णपाठसहित)

    यस्तो छ सातवटै प्रदेशको बजेट (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले बजेटको ४६.३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ र १४ अर्ब १६ करोड १५ लाख अर्थात ४.।६ प्रतिशत चालु खर्च रहेको बताएका छन्।

    यस्तो छ प्रदेश १ ले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ



    त्यसैगरी प्रदेश २ सरकारलेआर्थिक वर्ष २०७८/०७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनिक गरेको छ । आज प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले सार्वजनिक गरेको बजेटको कुल चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।



    यस्तो छ प्रदेश २ ले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ

    त्यसैगरी बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सार्वजनिक गरेका हुन् । बजेटमा कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।

    यस्तो छ बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ

    त्यसैगरी गण्डकी प्रदेश सरकारले आगामी बर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । यसबर्षको नयाँ बजेटमा गण्डकी सरकारले चालुतर्फ ४३।५ प्रतिशत र पुँजीगततर्फ ५५।७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०।८ प्रतिशत छुट्याएको जनाएको छ।

    यस्तो छ गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ

    त्यसैगरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब ९४० अर्ब ९५ करोड० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    यस्तो छ लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ

    त्यसैगरी कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आज प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।

    यस्तो छ कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ

    त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आज आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।

    यस्तो छ सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटको पूर्णपाठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार