Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजेट २०७८/७९

    विद्यार्थीलाई सिम कार्ड सित्तैमा, ल्यापटप किन्न ८० हजार ऋण

    विद्यार्थीलाई सिम कार्ड सित्तैमा, ल्यापटप किन्न ८० हजार ऋण

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । सरकारले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने गराउने भएको छ ।
    अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उक्त विषय समावेश भएको जानकारी गराएका हुन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने भएको छ ।

    त्यसैगरी सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।



    पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार