Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १६ वटा चिनियाँ लडाकू विमान एक्कासी मलेसियाको समुद्री सिमामा प्रवेश, चिनियाँ राजदूतलाई बोलाइयो

    १६ वटा चिनियाँ लडाकू विमान एक्कासी मलेसियाको समुद्री सिमामा प्रवेश, चिनियाँ राजदूतलाई बोलाइयो

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 5.7K
    SHARES

    एजेन्सी। दक्षिण चीन सागरको विवादित क्षेत्रमा १६ चिनियाँ लडाकू विमानको उपस्थितिपछि मलेसियाले चिनियाँ राजदूतलाई बोलाएको छ।

    मलेसियाले  चिनियाँ सेनाले आफ्नो समुद्री सिमानामा उडान गरेको आरोप लगाएको छ ।



    दक्षिण चीन सागरमा संकास्पद गतिविधिहरू देखिएपछि मलेसियाका विदेश मन्त्रीले सोमबार लडाकू विमानमार्फत चिनियाँ कार्गो जहाजहरूको पिछा गरेका छन् ।



    उनले घटनालाई ‘राष्ट्रिय सार्वभौमिकताको लागि गम्भीर खतरा’ भने।

    यद्यपि चीनले उसको विमानहरूले अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गरेको दाबी गरेको छ ।

    मलेसियाली वायुसेनाका अनुसार चिनियाँ हवाईजहाज २७ हजार फिटमा ‘रणनीतिक फर्मेशन’ मा उडान गर्दै थिए र मलेसियाको तटमा ११० किलोमिटर जति नजिक पुगेका थिए।

    विज्ञप्तिमा यी विमानहरुमा सम्पर्क गर्नका लागि  प्रयास गरिएको थियो तर कसैले जवाफ दिएनन् ।

    त्यसपछि मलेशियन लडाकू विमानहरुले उडान र निरीक्षण गर्‍यो।

    परराष्ट्रमन्त्री हिशमुद्दीन हुसेनले चिनियाँ विमान मलेशियाको समुद्री सीमामा प्रवेश गरेमा आपत्ति जनाएका छन् ।

    उनले यस सम्बन्धमा चिनियाँ राजदूतलाई बोलाइएको वताए ।  चीनले लगभग सम्पूर्ण दक्षिण चीन सागरलाई आफ्नो दावी गरेको छ, तर मलेसिया, फिलिपिन्स, ब्रुनेई, ताइवान र भियतनामले यसको दावीको विरोध गर्दछ।

    यो दशकौं पुरानो विवाद हो, तर विगत केही वर्षदेखि  तनाव बढेको छ।

    चीनले यस क्षेत्रमा आफ्नो हस्तक्षेप बढाइरहेको छ। चीनले यहाँ कृत्रिम टापुहरू पनि निर्माण गरिरहेको छ र भन्छ कि यो शान्तिमय उद्देश्यका लागि त्यसो भइरहेको छ।-बिबिसीबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार