Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहाडी भेगका केही ठाउँमा वर्षा

    पहाडी भेगका केही ठाउँमा वर्षा

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । पहाडी क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण विशेष गरि पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ ।



    अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।



    आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने छ ।

    देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार