Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ब्रिटिश राजुकमार ह्यारी र मेगनद्वारा छोरी जन्मिएको घोषणा

    ब्रिटिश राजुकमार ह्यारी र मेगनद्वारा छोरी जन्मिएको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी। ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगनले दोस्रो सन्तानको रूपमा छोरी जन्मिएको घोषणा गरेका छन्।

    लिलिबेट ‘लिलि’ डायना माउन्टब्याटन-विन्डसरको जन्म शुक्रवार बिहान अमेरिकाको क्यालिफोर्नियाको एक अस्पतालमा भएको थियो।



    एक वक्तव्यमार्फत ह्यारी दम्पतीले आमा र शिशु दुवै स्वस्थ्य र सकुशल रहेको बीबीसीले जनाएको छ।



    बकिङ्घम दरबारले भनेको छ, ‘महारानी, प्रीन्स अफ वेल्स र डचिस अफ कोर्न्वल एवम् ड्यूक र डचिस अफ क्याम्ब्रिज उक्त खबर सुनेर प्रसन्न भएका छन्।’

    नामको अर्थ
    राजकुमार ह्यारी र मेगनले आफ्नी छोरीको लागि जिजुआमा महारानी एलिजाबेथको परिवारमा बोलाइने नाम लिलिबेट छानिएको बताएका छन्।

    महारानीले तोतेबोली बोल्ने बेलामा आफ्नो वास्तविक नामलाई राम्ररी उच्चारण गर्न नसक्दा उक्त नाम दिइएको थियो।

    बीचको नाम डायना भने उनकी स्वर्गीय हजुरआमा प्रिन्सेस अफ वेल्सको सम्मानमा राखिएको उक्त विज्ञप्तिमा जनाइएको छ।

    स्थानीय समय अनुसार बिहानको ११ बजेर ४० मिनेट जाँदा जन्मिएकी उनको तौल झन्डै ३.४९ केजी रहेको र अहिले उनी घरमा रहेको बताइएको छ।

    ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ‘धेरै बधाई’ र लेबर नेता सर केअर स्टारमरले ‘गज्जबको खबर’ भन्दै सन्देश दिएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार