Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत पाउन कठिन

    गण्डकीमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत पाउन कठिन

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा प्रदेशसभा बैठक आज बस्दैछ ।

    दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका छ । तर उनले विश्वासको मत पाउन निकै कठिन छ ।



    आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।



    गण्डकीमा ६० प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतको लागि ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको हो ।

    कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ सदस्य छन् ।

    चार वटै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । तर राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टीको निर्णय नमान्ने बताएका छन् ।

    स्वतन्त्र सदस्य राजीव गुरुङले पनि विपक्षी गठबन्धनलाई समर्थन गर्ने संकेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार