Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि

    राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ। कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगित गरिएको थियो ।

    प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । संघले बोलाएको ३० खेलाडीमध्ये अहिले २५ खेलाडी प्रशिक्षणका लागि आइपुगेका छन्। अन्य खेलाडी पनि आउने क्रममा रहेको उनले बताए ।



    संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो। जेठ १४ गते बसेको संघको बैठकले जगदिशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।



    संघका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंह सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो । टोलीको ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छिन्।

    आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार