Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाली राष्ट्रिय महिला र पुरुष टोलीले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्ने

    नेपाली राष्ट्रिय महिला र पुरुष टोलीले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्ने

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ ।

    नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । कोरोनाकै कारण प्रतियोगिता रद्द भएको थियो ।



    संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।



    नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार