Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भलिबल टिमकी कप्तान अरुणा बनिन् वर्ष महिला खेलाडी

    भलिबल टिमकी कप्तान अरुणा बनिन् वर्ष महिला खेलाडी

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 477
    SHARES

    काठमाडौं । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ को वर्ष महिला खेलाडी घोषित भएकी छिन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दिइने उक्त अवार्ड मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शाहीलाई प्रदान गरेका हुन् ।



    वर्ष महिला खेलाडीको मनोनयनमा दुई महिला क्रिकेटर रुबिना क्षेत्री र सीता रानामगरसहित भलिबलकी अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका थिए ।



    उनीहरूलाई उछिन्दै शाही वर्ष महिला खेलाडी घोषित भएकी हुन् । अरुणाकै कप्तानीमा नेपालले दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार