Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसलाई हराउँदै एभरेष्ट च्याम्पियन

    एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसलाई हराउँदै एभरेष्ट च्याम्पियन

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 381
    SHARES

    काठमाडौं । एभरेष्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको छ ।

    शनिबार भएको फाइनलमा तीन भारतीय खेलाडी सम्मिलित एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो ।



    पहिलो सेटमा पुलिसले ४-१ को अग्रता लिए पनि एभरेस्टले उत्कृष्ट पुनरागमनका साथ अघि बढेको थियो । तीन भारतीय खेलाडी जेन्सी जोनसन, केपि अनुश्री, सुर्याले पुलिसलाई दबाबमा राखेका थिए ।



    १६-१६ बराबरी गरेको पुलिसले त्यसपछि २ अंकको अग्रता लिएको थियो । पुलिसले एभरेस्टको कमजोर रिसिभको फाइदा उठाउँदै २२-१९ ले अघि भएपछि पहिलो सेटमा जितको आधार बनाएको थियो ।

    उषा भन्डारीले लगातार तीन अंक सर्भिसमा जोडेपछि पुलिस २५-१९ ले विजयी भएको थियो । दोस्रो सेटमा पुलिसले सुरुवातमा ४-१ को अग्रता लिएको थियो ।

    एभरेष्टले पुनरागमन गरेको थियो । ५-५ बराबरीबाट एभरेष्टले लगातार ३ अंक जोडेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो । पुलिसले १६ मा गएर बराबरी गरेको थियो ।

    २२ बराबरबाट एभरेष्टले लगातार ३ अंक जोड्दै जित हात पारेको थियो । तेस्रो सेटको सुरुवातमा एभरेष्टले ६-२ को अग्रता लिएको थियो ।

    सुरुवातमा ५ अंकले पछि परेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो । तेस्रो सेटमा एभरेष्टले २५- १८ को सहज जित हात पारेको थियो ।

    चौथो सेटमा एभरेष्टले १०-६ को राम्रो सुरुवात गरेको थियो । पुलिसकी प्रमुख स्पाइकर उषा भण्डारीको प्रदर्शन भने फाइनलमा राम्रो हुन सकेन ।

    प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार