Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसियन सेन्ट्रल जोन बिजेता नेपाली भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

    एसियन सेन्ट्रल जोन बिजेता नेपाली भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली महिला राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएको छ ।

    बिजेता ट्रफीसहित बिहीबार स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मालगायतले स्वागत गरेका थिए ।



    ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३-२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो । यस्तै, सोही प्रतियोगितामा पुरुष टोली भने चौथो भएको थियो ।



    पुरुषतर्फ भने ५ टिम सहभागी रहेकोमा नेपाल तेस्रो स्थानमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार