Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • न्यु डायमण्ड कप खुला यू-१८ महिला भलिबल फागुन ९ देखि हुने

    न्यु डायमण्ड कप खुला यू-१८ महिला भलिबल फागुन ९ देखि हुने

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 486
    SHARES

    काठमाडौं । बागमती प्रदेश न्यू डायमण्ड कप यू-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप फागुन दोस्रो हप्ता आयोजना हुने भएको छ ।

    आयोजक न्यु डायमण्ड युथ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म आयोजना हुने जनाएको छ ।



    प्रतियोगितामा १० देखि १२ टोलीले सहभागिता रहने आयोजकले जनाएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका लागि बिहिबारसम्म टोली दर्ताको समय राखिएको छ।



    नेपाल भलिबल संघको प्राविधिक सहयोग र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आर्थिक सहयोगमा हुने प्रतियोगिता क्लबको नव निर्मित खेल मैदानमा हुनेछ ।

    प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता २ लाख ५० हजार र तेस्रोले १ लाख तथा सान्त्वना पुरस्कार विजेताले ५० हजार पाउने छन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउने छन् । अन्य विधागततर्फ उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार