Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • च्याम्पियन भलिबल टोलीका सदस्यले जनही पाँच लाख पाउने

    च्याम्पियन भलिबल टोलीका सदस्यले जनही पाँच लाख पाउने

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

     



    नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको उपाधि उचालेको थियो ।



    लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने निर्णय भएको हो । नेपाली टोली भोलि स्वदेश फर्कँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार