Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

    प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा विजयी महिला भलिवल टोलीलाई बधाई दिएका छन् ।

    लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन्।



    मंगलबार बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि जितेको हो ।



    बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो ।

    उपाधि जितेसँगै प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटर मार्फत महिला टोलीलाई बधाइ दिएका हुन् ।’एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई’ देउवाले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार