Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसियन सेन्ट्रल जोन: कीर्गिस्तानमाथि नेपालको सानदार जित, उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

    एसियन सेन्ट्रल जोन: कीर्गिस्तानमाथि नेपालको सानदार जित, उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज भलिबल कपमा नेपाली महिला टोली फाइनलमा पुगेको छ ।

    सोमबार सहिद सुरावर्दी कर्भडहलमा भएको प्रतियोगिता अन्तर्गतको आफ्नो चौंथो खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार अपराजित रहँदै फाइनल पुगेको हो।



    सुरुआतबाटै दबाब बनाएको नेपालले २५-८, २५-१४, २५-१६ ले खेल आफ्नो पक्षमा पारेको हो । अब, नेपालले उपाधिका लागि भोलि (मंगलबार) उज्वेकिस्तानसँग खेल्नेछ।



    जारी प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३-२ को जित निकालेको थियो । त्यस्तै, दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

    प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार