Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युरोकप फुटबल : आज पोर्चुगल-हंगेरी र फ्रान्स-जर्मनी भिड्दै

    युरोकप फुटबल : आज पोर्चुगल-हंगेरी र फ्रान्स-जर्मनी भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.2K
    SHARES

    एजेन्सी ।  १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

    युरोकपमा आज समूह ‘एफ’ को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।



    साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग पुस्कास एरिनामा राति ९:४५ बजे खेल्नेछ।



    त्यस्तै, आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार