Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युरोकप फुटबल : हालान्ड चम्किँदा नर्वेको फराकिलो जित, स्पेन पनि विजयी

    युरोकप फुटबल : हालान्ड चम्किँदा नर्वेको फराकिलो जित, स्पेन पनि विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 588
    SHARES

    एजेन्सी । सन् २०२४ मा जर्मनीमा हुन गइरहेको युरोकप फूटबलको छनोटमा नर्वे र स्पेन विजयी भएका छन् ।

    इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्ड चम्किँदा नर्वेले सानदार जित दर्ता गरेको छ ।



    नर्वेले बिहीवार राति घरेलु टोली साइप्रसमाथि ४–० को फराकिलो जीत दर्ता गरेको हो । नर्वेको जितमा हालान्डले २ गोल गरे । यस्तै एलेसान्दार सोर्लोथ र फ्रेडरिक अर्सनेसले पनि समान १–१ गोल गर्न सफल भए ।



    यही समूहको अर्को खेलमा घरेलु टोली स्पेनले स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । स्पेनको जितमा अल्भारो मोराटा र ओइहान सानसेटले १–१ गोल गरेका हुन् ।

    यस जितसँगै स्पेन ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पहिलो हार बेहोरेको स्कटल्यान्ड पनि १५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार