Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्पेन, स्कटल्यान्ड र टर्कीए युरोकपका लागि छनोट

    स्पेन, स्कटल्यान्ड र टर्कीए युरोकपका लागि छनोट

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 651
    SHARES

    एजेन्सी । आगामी वर्ष जर्मनीमा हुन गइरहेको युरोकप फूटबल प्रतियोगितामा स्पेन, स्कटल्यान्ड र टर्कीएले स्थान पक्का गरेका छन् ।

    सर्वाधिक ३ पटकको विजेता स्पेनले आइतवार राति नर्वेलाई उसको घरेलु मैदानमै १–० गोल अन्तरले हराउँदै युरोकपमा छानिएको हो ।



    स्पेनको जीतमा गाभीले ४९ औँ मिनेटमा निर्णायक गोल गरे । नर्वे पराजित भएपछि स्कटल्यान्डले पनि २ खेलअगावै टिकट काटेको छ । यता, स्पेनले पनि अझै २ खेल्न बाँकी हुँदै छनोट चरण पक्का गरेको हो ।



    समूह ‘ए’बाट स्पेन र स्कटल्यान्ड छानिएका हुन् । समूह विजेताको भने टुंगो लागेको छैन । यस्तै, लात्भियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै टर्कीए पनि युरोपमा छानिएको छ ।

    युरोकपमा लागि आयोजक जर्मनीसँगै ७ टोलीले टिकट पक्का गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार