Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रदेश १ सरकारद्वारा साढे ३२ अर्बको बजेट सार्वजनिक, गत बर्षभन्दा ८ अर्ब कम (पूर्णपाठ)

    प्रदेश १ सरकारद्वारा साढे ३२ अर्बको बजेट सार्वजनिक, गत बर्षभन्दा ८ अर्ब कम (पूर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.8K
    SHARES

    विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ ।

    आज आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले बजेटको ४६.३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ र १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत चालु खर्च रहेको बताएका छन्।



    यस्तै, स्थानीय तहमा वित्तिय हस्तान्तरणमा ३ अर्ब २२ करोड ४३ लाख रहेको र बित्तिय व्यवस्थातर्फ ३ करोड रहेको मन्त्री आङ्बोहाङले बजेट बक्तव्यमा बताए ।



    तर, प्रदेश १ सरकारले गत आर्थिक बर्षमा ल्याएको भन्दा यो बजेट हाराहारी ८ अर्ब कम हो । गत आर्थिक बर्ष २०७७/७८ को लागी ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सरकारले ल्याएको थियो ।

    यस बर्षको बजेटमा प्रदेश सरकारले पुर्वाधार र स्वाथ्य क्षेत्रमा सबैभन्दा धेरै विनियोजन गरिएको छ । प्रदेश सरकारले ल्याएका विभिन्न सडक, पक्की पुल लगायतका सडक तथा अन्य पुर्वाधारको लागि १३ अर्ब २१ करोडको बजेट रहेको छ । यस्तै स्वाथ्य क्षेत्रको लागी ३ अर्ब २५ करोड बजेट विनियोजन भएको छ ।

    यस्तो छ सार्वजनिक बजेटको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार