Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा बाढी-पहिरो

    हेलम्बुको बाढीमा बेपत्ता हुनेको संख्या ७ पुग्यो, १ जनाको शव फेला

    हेलम्बुको बाढीमा बेपत्ता हुनेको संख्या ७ पुग्यो, १ जनाको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2K
    SHARES

    सिन्धुपाल्चोक। जिल्लाको हेलम्बु गाउँपालिकामा गएरातिको अबिरल वर्षासँगै एको बाढीका कारण इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।

    जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बेपत्ता ७ जना मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको खुल्न बाँकी रहेको छ।



    यस्तै, हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा थप एक जनाको शव फेला परेको छ । शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालयका (प्रवक्ता) डीएसपी प्रकाश सापकोटाले जानकरी दिए।



    बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको सीडीओ पोखरेलको भनाइ छ।

    अहिले बाढीका कारण डुबानमा परेका बासिन्दालाई उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।घरको क्षतमा रहेका व्यक्तिलाई हेलिकप्टरद्वारा उद्धारको प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।

    वर्षासँगै आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ। बाढी र पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार