Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युरोकप फुटबलमा आज तीन खेल

    युरोकप फुटबलमा आज तीन खेल

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । १६ औँ संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछ । आज समूह ‘ए’मा रहेका दुई खेल र समूह ‘बी’मा रहेका एक खेल हुनेछ ।

    आज हुने पहिलो खेल साँझ ६:४५ बजे फिनल्याण्ड र रुसबीच हुनेछ ।



    फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ ।



    यस्तै, दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए को’ वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

    टर्की पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३-० ले हराएको थियो ।

    यसैगरी, आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचको  खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार