Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीमा मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

    गण्डकीमा मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 1.5K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।

    बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । बाढी पीडितको अवस्था बुझ्न मनाङ पुग्नुभएका मुख्यमन्त्री पोखरेल केहीबेरमा पोखरा फर्किदै छन् ।



    नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज मत लिन लागेका हुन् ।



    गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन छ । आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार