Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तामाकोशीपछि मर्स्याङ्दी नदी पनि थुनियो

    तामाकोशीपछि मर्स्याङ्दी नदी पनि थुनियो

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.9K
    SHARES

    लमजुङ । नेपाल तिब्बत सिमानामा भारी वर्षा हुँदा चीनको तिङ्ग्री काउन्टीनजिकै गएको पहिरोले तामाकोशीको सहायक रोङसी खोला थुनिएर ताल बनेका बेला यता मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी पनि थुनिएको छ । सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।

    थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार उच्च जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ ।



    मनाङ प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताए । मर्स्याङ्दी खुलाउन नेपाली सेनामार्फत बम विष्फोट गराउने तयारी भएपनि निरन्तर परिरहेकोले समस्या भएको प्रजिअ लामिछानेले बताए ।



    यता, तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन भने चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । नेपालतर्फबाट उक्त क्षेत्र जान असम्भव भएकाले उतैको टोली खोला थुनिएको क्षेत्रमा पुगेको घिमिरेको भनाई छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार