Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • युरोकप : स्पेन पेनाल्टीमा चुक्दा पोल्यान्डसँग बराबरी

    युरोकप : स्पेन पेनाल्टीमा चुक्दा पोल्यान्डसँग बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । युरो कप फुटबलको समूह ई को खेलमा स्पेन र पोल्यान्ड बराबरीमा रोकिएका छन् ।

    घरेलु मैदानमा गएराति भएको खेलमा स्पेन पोल्यान्डसँग १–१ गोलको बराबरी खेल्यो । खेलको २५औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।



    ५४ औं मिनेटमा पोल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।



    खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो । तर जेरार्ड मोरेनोले गोल गर्न भने सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा तथा पोल्यान्ड एक अङ्कसहित पुछारमा छ ।

    यो समूहमा स्वीडेन शीर्ष स्थानमा तथा स्लोभाकिया दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार