Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • युरो कप : इटली र वेल्स नकआउट चरणमा

    युरो कप : इटली र वेल्स नकआउट चरणमा

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

    गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । पराजित भए पनि वेल्स नकआउट चरणमा प्रवेश गरेको छ ।



    १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।



    खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए । इटलीले ३ खेलमा ९ अङ्क जोडेको छ। यसअघि इटलीले टर्कीलाई ३–० तथा स्विजरल्यान्डलाई पनि ३–० गोलले नै हराएको थियो ।

    वेल्सले ३ खेलमा ४ अङ्क जोडेको छ । यसअघि वेल्सले स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने टर्कीलाई २–० गोलले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार