Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भोलिदेखि टुटल-पठाओ समेत सञ्चालनमा आउने, यस्तो छ तयारी

    भोलिदेखि टुटल-पठाओ समेत सञ्चालनमा आउने, यस्तो छ तयारी

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ। जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै राइड शेयरिङ प्लेटफर्म टुटल-पठाओ समेत सञ्चालनमा आउने भएका छन् । ८ गते मंगलबारदेखि निजी निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएसँगै त्यही नीति अनुसार राइड शेयरिङ समेत सुचारु हुने भएका हुन् ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठकले ८ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । जसअनुसार निजी सवारीसाधनसँगै ट्याक्सी र टुटल-पठाओ समेत सञ्चालनमा आउने भएका हुन् ।



    निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिए।



    ‘हामी त्यसबारे नै छलफल गरिरहेका छौँ। सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्छौँ,’ वस्नेतले भने।

    टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताए।

    ‘दुई पांग्रे सवारीमा दुई जना चढ्न मिल्ने र ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय गरेकाले सोहीअनुसार तयारी भएको छ’, उनले भने।

    त्यस्तै अन्य पसलहरु बार अनुसार खुला गर्ने निर्णय समेत भएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् ।

    त्यस्तै, अटोमोबाइल र पार्टपूर्जा उपलब्ध हुने पसल पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार