Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न पहल गर्दैछु’

    ‘डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न पहल गर्दैछु’

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् । आज विहानै नदीले डुबान र कटान गरेको आफ्नो निर्वाचन क्षेत्रको अनुगमनमा पुगेका अध्यक्ष दाहालले डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले बिस्तृत गूरूयोजना बनाई काम अघि बढाएको जानकारी गराए ।

    भरतपुर महानगरपालिका २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उनले स्थानीयसँग नारायणी र राप्ती नदीका कारण भोग्नु परेको समस्या समाधानका लागि आवश्यक बजेट सुनिश्चितताको गर्न समेत पहल गरिरहेको जनाए ।



    स्थलगत अनुगमनमा गएका दाहाललाई स्थानियहरूले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षति बारे जानकारी गराएका थिए ।अध्यक्ष प्रचण्डले डुबानको पिडामा परेका स्थानीय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी र राप्ती नदीबाट बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।



    अनुगमनकै क्रममा दाहालले नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति नुयुनिकरण गर्न अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको पनि बताए । असारको पहिलो साता नै बाढीले भरतपुर महानगर ३ को दोभान चोक, १६ को झनझने र २६ को सिसईमा गरी २५० घर तथा १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार