Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • न्युजिल्यान्ड वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

    न्युजिल्यान्ड वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2.9K
    SHARES

    WELLINGTON, NEW ZEALAND - DECEMBER 14: New Zealand players pose with the series trophy after winning the second test match in the series between New Zealand and the West Indies at Basin Reserve on December 14, 2020 in Wellington, New Zealand. (Photo by Hagen Hopkins/Getty Images)

    एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिपको उपाधि न्यूजिल्याण्डले जितेको छ । छैटौं दिनसम्म चलेको खेलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको हो ।

    बर्षाले दुई खेल हुन नसकेको फाइनलमा भारतले दोस्रो पारीमा राम्रो ब्याटिङ गर्न सकेन । साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा दुई सय १७ रन बनायो ।



    जवाफमा न्यूजिल्याण्डले पहिलो पारीमा दुई सय ४९ रन बनाउँदा ३२ रनको अग्रता लिएको थियो । त्यसपछि दोस्रो पारी सुरु गरेको भारत मात्र १७० रनमा समेटियो ।



    भारतका लागि ऋषभ पन्तले ४१ रन बनाउँदा चेतेश्वर पुजारा र अजिन्क्या राहानेले समान १५–१५ रन बनाए । यस्तै कप्तान विराट कोहलीले १३ रन बनाउँदा रविन्द्र जडेजाले १६ रन थपे ।

    भारतलाई दोस्रो पारीमा सस्तैमा समेट्नका लागि टीम साउथीले चरा तथा ट्रेन्ट बोल्टले तीन विकेट लिए । जवाफमा न्यूजिल्याण्डले मात्र दुई विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार