Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आज हङकङसँग मैत्रीपूर्ण क्रिकेट खेल्दै नेपाल

    आज हङकङसँग मैत्रीपूर्ण क्रिकेट खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 693
    SHARES

    काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै छन् । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

    नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।



    नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।



    त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार