Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित

    विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 537
    SHARES

    विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् ।

    विराटनगरस्थित सहिद रंगशालामा आयोजित विशेष समारोहमा विराटनगर महानगरपालिकाले दुई क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।



    सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको महानगरले जनाएको छ ।



    कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।

    दुवै खेलाडी विराटनगरका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार