Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकै ओभरमा ७ छक्का प्रहार, रितुराजले बनाए नयाँ कीर्तिमान

    एकै ओभरमा ७ छक्का प्रहार, रितुराजले बनाए नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1K
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्रका कप्तान र ओपनर रुतुराज गायकवाडले अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा उत्तर प्रदेशविरुद्ध लिस्ट ए क्रिकेटमा कीर्तिमानी ब्याटिङ गरेका छन् ।

    उनले एकै ओभरमा सात छक्कासहित ४३ रन बनाएर कीर्तिमान बनाएका हुन् । खेलको ४९ औँ ओभरको पाँच बलमा लगातार ५ छक्का हानेका उनले नो बलमा पनि छक्का हाने।



    अन्तिम बलमा पनि छक्का प्रहार गर्दै एकै ओभरमा ७ छक्का हानेका हुन्। उनले शिव सिंहलाई लगातार पाँच बलमा छक्का हानेका थिए।



    रितुराजले १५९ बलमा १० चौका र १६ छक्का हान्दै २२० रनको नटआउट इनिङस् खेले। २२० रनको अविजित पारी खेलेका उनी लिष्ट ए क्रिकेटमा ३९ औँ दोहोरो शतक हान्ने खेलाडी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार