Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन दिन लगातार वर्षा

    तीन दिन लगातार वर्षा

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 3.9K
    SHARES

    काठमाडौँ । तीन दिन लगातार देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना छ ।

    अहिले प्रदेश १, प्रदेश २ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना छ ।



    आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।



    पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार