Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    संक्रमितको संख्यामा ओरालो, १,९२० जना संक्रमित थपिँदा ३,००७ जना डिस्चार्ज

    संक्रमितको संख्यामा ओरालो, १,९२० जना संक्रमित थपिँदा ३,००७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार जनाको पीसीआर र ३ हजार ८३६  जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १३५३ र ५६७ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ००७ जना निको भएर घर फर्केका छन् ।



    यसैगरी, गत २४ घण्टामा ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ०९ पुगेको छ।

    यसअघि हिजो २,०१६ जनामा कोरोना पुष्टि हुँदा ४,९१४ जना संक्रमण मुक्त भएका थिए भने  ३० जनाको मृत्यु थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार