Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय गरिने, सार्वजनिक यातायातमा पनि जोरबिजोर हुनसक्ने !

    उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय गरिने, सार्वजनिक यातायातमा पनि जोरबिजोर हुनसक्ने !

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञाको नयाँ मोडालिटीबारे भोलि मात्रै निर्णय हुने भएको छ।

    आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाको नयाँ मोडालिटीबारे छलफल गरेका छन् ।



    छलफलपछि काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको बताए ।



    पराजुलीका अनुसार सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि छलफल भएको छ। ‘सार्वजनिक यातायातको सवालमा हाम्रो छलफल भएको छ’ सीडीओ पराजुलीले भने– ‘त्यसबारे सोमबार निर्णय लिन्छौं ।’

    गत वैशाख १६ गतेबाट उपत्यकामा घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार