Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सीसीएमसीसी बैठक:

    भोलिदेखि जोरबिजोर हटाउन सिफारिस, फागुन १ बाट कक्षाकोठामा विद्यार्थीलाई आलोपालो

    भोलिदेखि जोरबिजोर हटाउन सिफारिस, फागुन १ बाट कक्षाकोठामा विद्यार्थीलाई आलोपालो

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले भोलि (सोमबार)देखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

    आज बसेको सीसीएमसीसीको बैठकले भोलि सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।



    प्रवक्ता नेपालका अनुसार आगामी फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ । यस्तै, १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् ।



    यस्तै, बैठकले फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ ।

    सिफारिस अनुसार रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार