Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सीसीएमसीसीको बैठक आज, जोरबिजोर प्रणाली हटाउने तयारी

    सीसीएमसीसीको बैठक आज, जोरबिजोर प्रणाली हटाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोभिड -१९ संकट व्यबस्थापन समन्वयन केन्द्र (सीसीएमसीसी)को बैठक आज (आइतबार) बस्दै छ । बैठकले काठमाडौं उपत्यकामा चल्ने निजी सवारी साधनका लागि लगाइएको जोर-बिजोर प्रणालीबारे छलफल गर्ने बताइएको छ ।

    संक्रमण दरलाई हेरेर जोरबिजोरबारे नयाँ निर्णय लिइने बुझिएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको दरमा निरन्तर कमी आउन थालेपछि आज राती १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हट्नसक्ने देखिएको छ ।



    यसअघि सरकारले संक्रमण दर उच्च रहेको भन्दै गत माघ ८ गतेदेखि उपत्यकाभित्र चल्ने सबै प्रकारका सवारीमा जोरबिजोर लागू गरेको थियो । तर पछि जोरबिजोरले नै भीडभाड बढाएको भन्दै सर्वत्र आलोचना भएपछि १४ माघदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोरबिजोर हटाइएको थियो।



    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हिजो ८ हजार ५१३ जनाको परीक्षण गर्दा जम्मा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । त्यो भनेको २२.८१ प्रतिशत संक्रमण दर हो । जबकि अघिल्लो साता संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार