Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धि

    देशभरका सवारीमा जोर-बिजोर लगाउने सरकारको तयारी

    देशभरका सवारीमा जोर-बिजोर लगाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ।

    पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनमा कोटा तोक्ने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नेदेखि भारतीय सवारीलाई पेटोलियम पदार्थ भर्न नदिनेसम्मको तयारी गरेको स्रोतको भनाइ छ ।



    यसअघि बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलता तर्फ अघि बढेको भन्दै सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन निर्देशन दिएको थियो ।



    बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको समितिका सभापति बिमल श्रीवास्तवको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार