Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रहरीकै मिलेमतोमा साइकलमा भारततर्फ पेट्रोलियम पदार्थको तस्करी, स्थानीय उपभोक्ता मारमा

    प्रहरीकै मिलेमतोमा साइकलमा भारततर्फ पेट्रोलियम पदार्थको तस्करी, स्थानीय उपभोक्ता मारमा

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य नेपालमा भन्दा भारतमा मंहगो भएपछि प्रहरीकै मिलेमतोमा भारततर्फ तस्करी हुँदै आएको रहस्य खुलेको छ । तस्करीमा पेट्रोल पम्प सञ्चालहरुले पनि साथ दिंदै आएका छन् ।

    पर्साको ग्रामीण क्षेत्रबाट निर्वादरुपमा भारततर्फ पेट्रोलियम पदार्थको तस्करी भइरहँदा समते सीमा प्रहरी देखे नदेखझैं गरेर बसेको स्थानीय व्यापारीहरुले बताएका छन् । पर्साको झौवा, इटियाही, अमरपट्टि, धोरे, पकहा, खेस्राहा, सबैठ्वा, भिस्वा, बुढ्गाई, टिहुकी, चरगांहा, भेडिअर्वा, आस्वारी जानकिटोला, दसौता, पाँडेपुर, महादेवपट्टी, सुवर्णपुर, विजयबस्तीलगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी भइरहेको स्थानीयले बताएका छन् ।



    यी ठाउँबाट भारतीय बजार भेलाही, सिकटा, पुर्सीतमपुर, मैनाटार, इनर्वा, घुमाटार, भङ्गाहा, पेट्रोल र डिजेल तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ ।



    धोबिनी गाउँपालिका–५ लंगडीस्थित समानी आयल स्टोर, धोबिनी गाउँपालिका ४ धोबीनीस्थित इस्लाम आयल स्टोर, सरस्वती आयल पकहा, जगरनाथपुर गाउँपालिका–२ स्थित बिसमिल्लाह आयल स्टोर, बीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित तिवारी आयल स्टोरको मिलोमतोमा तस्करीमा भइरहेको छ।

    सीमावर्ती क्षेत्रका पेट्रोल पम्पहरुले स्थानीय उपभोक्तालाई डिजल र पेट्रोल नदिएर तस्करलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा बढी लिएर तस्करहरुलाई मागेजति उपलब्ध गराउँदै आएको स्थानीयको गुनासो छ ।

    नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुन थालेपछि नेपालतर्फका सेवाग्राही मर्कामा परेका छन् । दिउँसो पम्प बन्द गरी रातिको समयमा भारतीय गाडीमार्फत् डिजेल र पेट्रोलको चोरी तस्करी हुने गरेको छ ।

    प्रत्यक्षदर्शीका अनुसार साइकल र मोटरसाइकलबाट इन्धन तस्करी गर्नेहरुले स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै प्रहरीलाई समेत मिलाउने गरेका छन् ।

    नेपालमा भन्दा भारतमा डिजल र पेट्रोल महँगो छ । मूल्य फरक भएकै कारण नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार