Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पेट्रोलियम पदार्थ आपूर्ति समस्या हल गर्न कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन, विक्री नगरे कारबाहीको चेतावनी

    पेट्रोलियम पदार्थ आपूर्ति समस्या हल गर्न कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन, विक्री नगरे कारबाहीको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

    खाँणले आपूर्ति सचिव गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।



    उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने चेतावनी दिएका थिए । व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे/नबेचेको अनुगमन गर्न खाँणबाट निर्देशन आएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।



    उनले कार्यवहाक प्रधानमन्त्रीको निर्देशनपछि उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेको जनाएका छन् । पेट्रोल ढुवानी तथा बिक्री वितरणमा देखिएको समस्या सुल्झाउन शनिबार साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले जानकारी दिए ।

    यता, डिलर्स एसोसिएसनका महासचिव अर्यालले पनि कार्यवाहक प्रधानमन्त्री खाँणले निर्देशन दिएको बताउँदै आफ्ना माग सामान्य भएकाले वार्तामार्फत सहमति गर्न तयार रहेको बताएका छन् ।

    व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले पेट्रोलिय पदार्थको मूल्यबृद्धिसँगै कमिसन पनि प्रतिशतका आधारमा बढाइनु पर्ने र डिजेल पेट्रोल बोक्ने ट्यांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर शुक्रबारदेखि पेट्रोलियम पदार्थ बिक्री ठप्प पारेका छन् ।

    नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि देशभर थप अभाव भएको हो।

    शुक्रबार र शनिबार नेपाली सेना, पुलिस र सशस्त्रको पम्पहरूमा सवारीको बाक्लो लाइन थियो ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार