Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एक दिन पम्प बन्द गराएको पेट्रोलियम डिलर्स एसोसिएसन काममा फर्कियो, सरकारलाई १५ दिने अल्टिमेटम

    एक दिन पम्प बन्द गराएको पेट्रोलियम डिलर्स एसोसिएसन काममा फर्कियो, सरकारलाई १५ दिने अल्टिमेटम

    मन्त्रालय र निगमका पदाधिकारीसँग वार्ता नमिलेपछि १५ दिनसम्म पुरानै कमिसनमा काम गर्ने प्रतिवद्धता

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । विहिबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रेलियम पदार्थको मूल्यबृद्धि गरेपछि शुक्रबार उपत्यकाका सरकारी, नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका बाहेकका सबै पेट्रोल पम्प बन्द भए ।

    पेट्रोल पम्प बन्द हुनुको कारण एउटै थियो–कमिसन । रातारात पेट्रोल र डिजेलको मूल्य पाँच रुपैयाँ बढ्दा यसैपनि पेट्रोल पम्पहरुको आम्दानी बढेकै थियो । तर, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भने आयल निगमले नयाँ मूल्यअनुसार कमिसन नदिने भएपछि पम्पहरु नै बन्द गरायो ।



    आयल निगमले १९ गते विहिबार राती प्रकाशित गरेको मूल्य बृद्धिको सूचनामा विक्रेता कमिसन ७ गते कायम भए अनुसारमा नै हुन उल्लेख गरेपछि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले विरोध जनाएको थियो ।



    शुक्रबार एक दिन सबै पम्प बन्द गराएको एसोसिएसनले अब १५ दिनसम्म पुरानै डिलर कमिसनमा आधारित रहेर पेट्रोलियम पदार्थ उठाउने सहमति गरेको छ ।

    १५ दिनपछि पनि सरकारले नयाँ मूल्यअनुसार कमिसन नदिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको एसोसिएसनले अहिलेलाई भने ७ गते गरिएको निर्णय अनुसार नै काम गर्ने जनाएको हो ।

    आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले निगमको व्यापार घाटा न्यूनीकरण गर्न भन्दै नयाँ पम्प व्यवसायीलाई बढेको मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको थियो। जसका कारण एशोसियसनले देशभर नै पम्प बन्द गरेको थियो ।

    पम्पहरुले तेल नउठाएपछि निगमले यसबारे छलफल गर्न व्यवसायीहरूलाई शुक्रबार नै बोलायो । तर, निगमसँगको छलफलमा कुनै टुंगो नलागेपछि व्यवसायीहरू वाणिज्य मन्त्रालय गए । मन्त्रालयमा पनि कुरा नमिलेपछि अन्त्यमा व्यवसायीले स्वःस्फूर्त रूपमा सरकारलाई १५ दिनको समय दिई पेट्रोलियम पदार्थ उठाउने निर्णय गरेर फर्किएका हुन्।

    सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो।

    बिक्रेताले डिपो मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन पाउँदै आएका छन्।

    निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५–५ रूपैयाँका दरले बढाएको छ। इन्डियन आयल कर्पोरेसनले फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

    बिहीबार रातबाट पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रूपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार