Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धिबारे संसदमा आपूर्तिमन्त्रीको जवाफ : हामीले चाहेर पनि केही गर्न सक्दैनौं

    पेट्रोलियम पदार्थको मूल्यबृद्धिबारे संसदमा आपूर्तिमन्त्रीको जवाफ : हामीले चाहेर पनि केही गर्न सक्दैनौं

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 864
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि काबु बाहिरको अवस्था रहेको पनि बताए ।

    उनले रुस–युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा काबु बाहिरको अवस्था आएको बताएका हुन् ।



    मन्त्री बडूले भने–‘यो हाम्रो काबुबाहिरको अवस्था रह्यो । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा नै अभाव बढ्दो अवस्थामा रहेको छ । त्यतिबेला हामीले आफ्नो जनताका निम्ती थप उपाय के हुन सक्छन् भन्ने छ । यो बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको छ ।’



    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा भएको मूल्यवृद्धिले जनतामा असर परेको विषयमा सरकार संवेदनशील रहेको र पीडाबोध भइरहेको उनको भनाइ थियो ।

    उनले मन्त्रिपरिषदबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज र पारदर्शी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालनीन, दीर्घअकालीन, नीतिगत र संस्थागत सुधारका लागि प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा एक उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिसकेको पनि जानकारी दिए ।

    खाना पकाउने ग्यास सन्दर्भमा भने उनले खपत न्यून गर्नेका लागि विद्युत महसुलमा सहुलियत दिने कार्यक्रम ल्याइने पनि बताए ।

    उनले भने–‘ग्यास खपत कम गर्न र विद्युतीय खपत बढाउन विद्युत महसुलमा सहुलियत दिइ राहत प्रदान गर्ने कार्यक्रम रहेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार